IME Life New
GBIME

नेपाल लाइफको एकदिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’मा तेस्रो त्रैमासको व्यापार समीक्षा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकदिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१।८२ को बाँकी समयावधिका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो। कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो।

Crest

कार्यक्रममा सञ्चालक अग्रवालले चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रीलाई धन्यवाद ज्ञापन दिँदै आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरे। जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको उनले बताए।

अग्रवालले जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको बताए। बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीलाई बीमाको चेतना अभिवृद्धि गर्न उनले आग्रह गरे।

सञ्चालकले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोष, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताए। विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रमामा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्नु हुने कर्मचारीहरु, अभिकर्तालाई धन्यवाद दिए। कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए।

चालु आर्थिक वर्षमा नेपाल लाइफले जीवन बीमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरुदण्डका रुपमा रहेका अभिकर्ता, कर्मचारी, नियामक निकायलाई पराजुलीले धन्यवाद दिए। बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बीमाको पहुँचलाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न उनले सबैलाई आग्रह पनि गरे।

पराजुलीले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको पनि जानकारी दिए। उनले निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने बताए।

कार्यक्रममा नेसनल सेल्स हेड पोखरेलले सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शीरोधार्य गर्दै सेल्स टिम दत्तचित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई कम्पनीको लिगेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा बताए।

समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यवाद ज्ञापन गरे। उनले जीवन बीमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रुपान्तरणहरु हुने र सोलाई अंगीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गरे।

भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बीमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसर सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरिसकिएको कयालले बताए।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS