IME Life New

थापा मगर दम्पतीले जुम्ल्याहा छोरालाई जन्मदिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहारको रुपमा बीमा पोलिसी दिने चलन बढेको छ । जन्मदिनको अवसरमा होस वा अन्य कुनै पर्वमा होस् आफनालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको हो । जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको पाइन्छ ।

यसैक्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ निवासी नवीन कुमार थापा मगर र सम्झना अधिकारीले आफ्ना दुई छोरा (जुम्ल्याहा)हरुको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाबाट २० लाख रुपैयाँको रिलायबल सर्ब सुलभ बालजीबन बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

रामेछाप उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष समेत रहेका थापा मगरले विभिन्न नाममा हुने अनावश्यक खर्चलाई कटौती गर्दै बचत गर्नु पर्ने रहेछ भन्ने सोचको विकास हुने र छोराहरुको भविष्यमा आइपर्ने आर्थिक समस्या समाधान हुने भएकोले छोराहरुको जन्म दिनमा उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

जीवन बीमा पालिसी लिदै थापा मगरले जीवन सुरक्षाको महत्व औंल्याउदै जीवन बीमा केवल आकस्मिक आर्थिक सहयोग मात्र होइन, भविष्यको स्थायित्व र पारिवारिक सुरक्षा सुनिश्चित गर्ने माध्यम रहेको बताए । बीमा उपहारले सन्तानलाई आर्थिक सुरक्षासँगै जिम्मेवारीको सन्देश दिने समेत उनले बताए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाकी शाखा प्रमुख शान्ता श्रेष्ठले कम्पनीले ग्राहकको आवश्यकता अनुसार लचिलो किस्ताबन्दी, दीर्घकालीन बचत सुविधा, आकस्मिक मृत्यु वा स्थायी अशक्ततामा सम्पूर्ण बीमांक भुक्तानी, साथै बोनस लाभांश जस्ता आकर्षक सुविधा उपलब्ध गराउँदै आएको र यसका साथै, स्वास्थ्य जोखिम कभर गर्ने विशेष राइडर सुविधा पनि योजनामा समावेश गरिएको बताइन् ।

स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूले अध्यक्ष थापा मगरको यो कदमलाई प्रेरणादायी पहलका रूपमा स्वागत गर्दै समाजमा जीवन बीमाको महत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS