IME Life New

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, विभिन्न विधामा १२९ जना कर्मचारी सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन २०८२ भव्यताकासाथ सम्पन्न गरेको छ । कम्पनीले देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, बिभागिय प्रमुख, उच्च व्यवस्थापन लगायत संचालक समितिका पदाधिकारी तथा २०० जना कर्मचारीहरुको उपस्थितिमा सेल्स कन्भेन्सन २०८२ भव्यताका साथ सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, केशव प्रसाद भट्टराई, संचालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री, व्यवस्थापनका उच्च पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

Esewa
Crest

साथै आगामी आ.व. २०८२/८३ का लागि We can. Theme लाई मूलमन्त्रका रुपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एक जुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेका छन।

उक्त कार्यक्रममा भारतका Sales Trainer अनिल कुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण लागाएत सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिनुका साथै जीवन बीमा क्षेत्रमा सिकेको आफ्नो ३० बर्ष भन्दा बढिको अनुभव सुनाएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले जीवन बीमा क्षेत्रमै ऐतिहासिक सफलता हासिल गर्न आफ्नो अमूल्य योगदान दिने सम्पूर्ण कर्मचारीहरु लाई कृतज्ञता व्यक्त गर्दै सदैव कम्पनीको मूल्य र मान्यतामा रहेर काम गर्न जोड दिनुका साथै बीमितको हित नै कम्पनीको हित भन्ने मूल मन्त्र लिन सबैलाई हौसला दिए।

साथै कम्पनीका चिफ बिजनेश अफिसर,फर्शुराम मरासिनीले कम्पनीको बार्षिक व्यवसायिक समिक्षा र आगामी रणनीतिका बारेमा प्रष्ट पार्दै लक्ष्य प्राप्तिका लागि अघि बढ्न कर्मचारीहरु लाई प्रेरित गरे।

कार्यक्रममा प्रथम बीमाशुल्क,बीमालेखरुको बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र सबैभन्दा बढि दिन नियमित ब्यवसाय गर्ने तथा तोकिएको ब्यवसायिक लक्ष्य हासिल गर्ने उत्कृष्ट १२९ जना कर्मचारीहरुलाई बिभिन्न बिधामा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, संचालक हेमन्त नाहाटा, चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री तथा चिफ बिजनेश अफिसर फर्सुराम मरासिनि लगायतले सम्मान गरेका थिए।

Best Employee of the Year अन्तर्गत ५ बिधामा क्रमशः प्रदेश प्रमुख बाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजर अन्तर्गत सू.प. हिल बाट राम प्रसाद उपाध्याय, ब्रान्च म्यानेजर अन्तर्गत दैलेख ब्रान्च बाट रबिन्द्र प्रसाद शर्मा, ब्रान्च अपरेशन अन्तर्गत नयाँबानेश्वोर शाखा बाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिव अन्तर्गत बुटवल पाल्पारोड शाखा बाट सन्तोष ज्ञवाली देशभरिका कर्मचारीहरु मध्ये सर्वोत्कृष्ट भएका हुन।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ बाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनिती सम्बन्धी बृहत ज्ञान हासिल गर्नुका साथै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्दा कर्मचारीहरु उत्साहित र थप उर्जावान भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।

साथै कर्माचारीहरुलाई अन्तराष्ट्रिय स्तरको तालिमको अवसर प्रदान गर्दै कर्मचारीको दक्षता अभिबृद्धी गर्दै जाने कम्पनिको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनिका प्रमुख कार्यकारी अधिकृत खत्रीले जनाए।

कर्मचारीको आर्थिक उन्नति,प्रगती र हितको लागी सदैव आफू लगायत संचालक समिती सदैव सकारात्मक रहेको साथै निरन्तरको मेहनतले जस्तो सुकै लक्ष्य हासिल हुने र सफलता चुम्न सकिने कुरा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले प्रष्ट पारेका थिए।

कार्यक्रमको संचालन कम्पनीका तालिम तथा बिकाश बिभाग प्रमुख उत्तम प्रसाद आचार्यले गरेका थिए।

कम्पनीले नविनतम प्रविधिमा जोड दिदै समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति e-karja र आफ्ना बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको छ।

जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो ISO 9001-2015 Certified एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्न सफल हुँदै कम्पनीको हाल चुक्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु.४,६०० करोड, जीवन बीमाकोष रु.४,२०० करोड, नेटवर्थ रु ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा संजालद्वारा सेवा प्रदान गरी रहेकोछ।

बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न पनि सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS