IME Life New

पुरानो लाभांश तथा हकप्रद संकलन गर्न आउन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको पुरानो लाभांश (नगद र बोनस शेयर) र हकप्रद शेयर लिन बाँकी शेयरधनीहरुलाई संकलन गर्न आउन आग्रह गरेको छ।

कम्पनीको शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलबाट आज जारी गरिएको सूचनामा यस्तो आग्रह गरिको हो।

Esewa
Crest

हालसम्म नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितको विवरण एनआईसी एसिया क्यापिटलको वेबसाइटमा राखिएको र सोहीबमोजिम विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी नगद लाभांश बुझिलिन सूचनामा आग्रह गरिएको छ।

त्यस्तै बोनस शेयर र हकप्रद शेयरको प्रमाणपत्र अभौतिकीकरण गर्न सूचनामा उल्लेख छ। भौतिक रुपमा कायम शेयरधनीहरुको हकमा आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्रै नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर सम्बन्धित बैंक खाता तथा हितग्राही खातामा जम्मा हुने सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS