IME Life New
GBIME

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर आजबाट बिक्री खुला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

Crest

शेयरधनीहरुले यो हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख ४ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS