IME Life New

लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गते, सोमबार, एक्काइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तल गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

1764322207966

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS