IME Life New

सानिमा रिलायन्स लाइफले शेयरधनीलाई वितरण गर्यो नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न भएको ९औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश शेयरधनीका बैंक खातामा जम्मा गरिदिएको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही नगद लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उपलब्ध बैंक खातामा पुस २४ गतेदेखि नै वितरण गर्न सुरु गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै लाभांश पाउनेछन्।

पुस ९ गतेसम्म शेयर धितो राखेर कर्जा लिएको शेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने जनाएको छ ।

हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको भएमा नगद लाभांश यथाशीघ्र आफ्नो बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS