काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ । सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरिएको रकम पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।












