काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा आजसम्म शतप्रतिशत छुट पाइनेछ । कम्पनीले आज असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको हो । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।
उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।