IME Life New

रिलायन्स स्पिनिङ मिल्सको आम्दानी बढ्दा पनि नाफामा संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा १६.१४ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर १० अर्ब ४५ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ रहेको थियो। आम्दानी २.१७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीको व्यापार खर्च ९ अर्ब ७ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष व्यापार खर्च ८ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ थियो। व्यापार खर्च ३.७३ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २२.०४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ५०३.३२ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS