IME Life New

रिलायबल नेपाल लाइफको हाकिमचोक शाखाले गर्यो उत्कृष्ट कार्य प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रमा अधिकांश सुनिने नाम मध्यको एक हो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, स्थापनाको छोटो समयमा नै बिभिन्न बिधामा आफुलाई सर्बोकृष्ट प्रमाणित गर्दै आईरहेको यस बीमा कम्पनीका आकर्षक, सुलभ र देशका सबै नागरिकलाई समेटने खालको जीवन बमिा पोलिसी बजारमा ल्याएको छ । त्यसो त जिबन बीमा ईतिहासकै सर्वाधिक ठुलो रकमको बीमा दाबी भुक्तानी तथा अधिकतम जिबन बीमा पोलिसी जारी गरि बीमा बजारमा बिश्वसनियता समेत कमाईसकेको यस बीमा कम्पनीले हालसम्म अन्य थुप्रै सफलता हाँसिल गरिसकेको छ ।

रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा आर्थिक वर्ष २०७६।७७ मा स्थापना भएको हो । यो शाखा संचाललको ५ बर्ष मात्र भएको छ तर यस शाखा हालसम्मका हरेक बर्षहरुमा प्रथम हुँदै आएको छ । यसो हुनूको मुख्य कारण मध्यका एक हुन अनुभवी शाखा प्रबन्धक राजकुमार दाहाल, बिगत १६ बर्ष देखी उनी बीमा पेशामा संलग्न छन ।

Esewa
Crest

बिभिन्न बीमा कम्पनी हुँदै यस कम्पनीमा पाईला राखेको सुरुवाती बर्षमा नै उक्त शाखालाई उत्कृष्ट शाखाका रुपमा स्थापित गर्न सफल भएका हुन । त्यसैगरी संस्थाको स्थापनाकाल देखी नै शाखामा काम गर्दै आएकी सरल स्वभाव, दृढ बिचार तथा अत्यन्तै लगनशिल कर्मचारी साबित्री सापकोटाको समेत यस सफलतामा योगदान रहेको छ । उक्त शाखाले हरेक बर्ष आफ्नो ब्यवसायिक लक्ष्यलाई सहजै हाँसिल गर्दै आईरहेका छ ।

वित्तीय क्षेत्रका अब्बल संचालक, उत्कृष्ट ब्यवस्थापक, सबल नियामक, उर्जावान कर्मचारी तथा क्षमतावान एजेन्सी टिमको समवन्नयनकारी सहकार्यबाट नै यस नतिजा हाँसिल गर्न सम्भब भएको शाखा प्रमुख दाहालले बताए । बीमा पेशा ब्यक्तिगत नभई सामुहिक मेहनतबाट मात्र सफल हुने ब्यवसाय भएको र यसमा सम्बन्धित सम्पुर्ण पक्षरुको उत्तिकै भुमिका रहेतापनि ब्यवसायको अभिन्न अंगका रुपमा रहने एजेन्सी म्यानेजरहरुको अथक प्रयास र पेशा प्रतिको समर्पणबाट मात्र उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।

हाकिमचोक शाखाबाट बीमा ब्यवसाय गर्दै आउनुभएका प्रथम एमडीआरटी धर्मेन्द्र जंग रायमाझी, एमडीआरटी हरु मुना आचार्य, ईन्दिरा दाहाल, सबिता कुमारी चौधरी, लालुमाया कुमाल, पार्वती शाह ठकुरी, समिता दराई, राजेन्द्र कुमार दराई, जानकी शाह श्रेष्ठ, बेद कुमारी तामाङ तथा नेपाल प्रथम करोडपती एजेन्सी म्यानेजर गंगा कुमारी कार्की, करोडपती एजेन्सी म्यानेजरहरु बिष्णु कुमारी कुँवर, मनोज चौलागाँई, तारा कुमाल लगायतका सक्षम लिडरहरुको उत्कृष्ट नतिजा यस सफलताको अर्को मुख्य कारण रहेको छ ।

शाखा स्थापनाको पहिलो बर्षमा नै १ करोड भन्दा माथीको प्रथम बीमाशुल्क आर्जन गरेको यस शाखाले त्यस पछिका हरेक बर्षहरुमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्दै आएको हालसम्म ३३ करोड भन्दा माथी छ । त्यसै गरी यस शाखाले हालसम्म ४,७०६ वटा बीमालेख तथा १३ सय भन्दा बढि अभिकर्ता, समेत आर्जन गरिसकेको छ । गत आर्थीक बर्षमा शाखाले अघिल्लो बष्र्।को भन्दा ३५ प्रतिशत ब्यवसाय बृद्धि गर्न समेत सफल भएको छ ।

बीमा ब्यवसायमा देखिएका अनेकौ चुनौतीहरुका बाबजुद पनि शाखाले गरेको यो प्रगतीका कारण समग्र कम्पनीको ब्यवसायमा उल्लेख्य बृद्धि आएको छ । हाल बीमा बजारको मुख्य चुनौतीका रुपमा रहेको बीमा समर्पण दर भने यस शाखामा न्युन रहेको छ, जुन अत्यन्तै सुखद पक्ष समेत हो । आगामी आर्थीक बर्षमा दोब्बर ब्यवसाय बृद्धिको लक्ष्य लिएको उक्त शाखाले आ.व पहिलो हप्तामा नै आकर्षक प्रथम बीमाशुल्क समेत आर्जन गरि अगाडी बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS