IME Life New

रिलायबल नेपाल लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न वा अन्य आवश्यक कार्य गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS