काठमाडौं । पछिल्लो समय बीमाप्रति नागरिकको चासो बढिरहेको छ । अहिले मानिसहरुले बिभिन्न अवसरहरु जस्तै जन्मदिन, पास्नी, बिवाह र अन्य धेरै शुभ अवसरहरुमा बीमालेख उपहार दिने गरेका छन् ।
यसैबीच सानिमा रिलायन्स लाइफ साँखु शाखा कार्यालयका एजेन्सी म्यानेजर राजन मानन्धरले आफ्नो छोरा आरभ मानन्धरको पास्नीको अवसरमा बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । उनले छोरालाई सो अवसरमा सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जीवन बीमा १२ लाख ५० हजार बीमाङको पोलिसी उपहार दिएका हुन् ।
अन्य जिन्सी सामान उपहार दिनुभन्दा जीवन बीमा पोलिसी उपहार दिँदा यसको छुट्टै महत्व रहने, भविष्यका लागि छोराको शिक्षामा टेवा पुग्नुको साथै जीवनको सुरक्षा पनि प्रदान गर्ने भएकाले बमिा पोलिसी उपहार दिएको एजेन्सी म्यानेजर मानन्धरले बताए ।












