IME Life New

नेपाल लाइफको करिब सवा ५ लाख कित्ता शेयर बिक्री गर्दै प्रुडेन्सियल क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई नेपाल लाइफका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने समयावधि तोकिएको छ। यो अवधिभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS