IME Life New

प्रभु महालक्ष्मी लाइफका शेरचनले चुमे लगातार सातौँपटक एमडीआरटीको उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर नविन शेरचन एमडीआरटी २०२६ का लागि क्वालिफाइड भएर लगातार सातौँपटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफबाट निरन्तर सातौँपटक एमडीआरटी क्वालिफाइड बन्ने उनी एकमात्र अभिकर्ता हुन्।

लगातार १० वर्षसम्म एमडीआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र वित्तीय परामर्शदाताको अन्तराष्ट्रिय संस्था एमडीआरटीको आजीवन सदस्याता लिने लक्ष्य लिएका शेरचनले सन् २०२० एमडीआरटी देखि निरन्तर क्वालिफाइड हुँदै आएका छन् । बागलुङको बोंगादोभानमा जन्मेका बहुआयामिक व्यक्तित्व उनी बीमा अभिकर्ताका अतिरिक्त राजनीतिकर्मीसमेत हुन्।

Esewa
Crest

जनमानसमा बीमा अभिकर्ताका माध्यमबाट बचत र सुरक्षाको वित्तीय साक्षरता फैलाइरहेका शेरचन प्रत्यक्ष तथा परोक्ष रुपमा समाजसेवामा समेत जोडिएका छन्। उनी थकाली समुदायका पुरोहित, ढोरपाटन नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र लायन्स क्लब अफ काठमाडौं म्याग्दीका पूर्वअध्यक्षसमेत हुन्।

निरन्तरको मेहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनका लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने बताउँछन्। ‘देशमा आर्थिक मन्दी छ, यो देशमा केही पनि हुन सक्दैन’ भन्दै ‘विसंगतिबोध गर्ने हजारौँ युवा आफ्नो मातृभूमि छोडेर विदेशिरहेको सन्दर्भमा पनि हामी आफ्नै देशमा केही गर्न सक्छौँ’ भन्ने सन्देश आफूले दिन खोजिरहेको शेरचन बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS