काठमाडौं । प्रभु इन्स्योरेन्सको क्रेडिट रेटिङ यथावत राखिएको छ। कम्पनी निगरानीको सूचीबाट भने हट्न सफल भएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्स नेपालले कपनीलाई ट्रिपल बी प्लसको जारीकर्ता मूल्यांकन कायम राखेको हो। योसँगै रेटिङ एजेन्सीले प्रभु इन्स्योरेन्सलाई नकारात्मक प्रभावसहित निगरानीको सूचीबाट हटाएको छ।
यो मूल्यांकन भएका जारीकर्तालाई वित्तीय दायित्वको समयमै भुक्तानीको सम्बन्धमा मध्यम स्तरको सुरक्षा हुन्छ। त्यस्ता जारीकर्ता मध्यम क्रेडिट जोखिमको अधीनमा हुन्छन्।











