IME Life New

परियार दम्पतीले छोराको जन्मदिनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन फेरिएको छ । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । तर, समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नो आर्थिक र भौतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ । यसैबीच बागलुङका गणेश परियारले आफ्नो छोरा सम्बोधनको जन्मदिनको अवसरमा १५ लाखको सानिमा रिलायन्स मेरो मुटु जीवन बीमा प्रदान गरेका छन् ।

Esewa
Crest

सानिमा रिलायन्स जीवन बीमा कम्पनीको मेरो मुटु जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा सरिता रसाइलीले बताइन् । बुबा गणेश भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहारमा जोड दिए राम्रो हुन्छ ।

सोहि अवसरमा सानिमा रिलायन्स बागलुङ शाखाका शाखा प्रवन्धक प्रेम प्रसाद ढकालले बिमालेख हस्तान्तरण गर्दै सम्पूर्ण अभिभावकलाई आफ्ना बच्चाको भविष्यको सुनिश्चितताको लागी सानिमा रिलायन्सको मेरो मुटु बीमा योजना एक उत्कृष्ठ बीमा योजना रहेको दावी गर्दै परिवारलाई धन्यवाद ज्ञापन गरे ।

आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुँदै गएकोले अनावस्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिमको महत्व बारे जनचासो बड्दै गएकाले बिबाह, न्वारान ,पास्नी, एनिभर्सरि ,जन्मदिनमा बीमा पोलिसि उपहारको रुपमा दिन थालेको शाखा प्रमुख प्रेम प्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS