IME Life New

नेपालको शेयर बजार र सुधारको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • प्रेम वली

हाम्रो देशको शेयर बजारको इतिहास अन्य देशको दाँजोमा त्यति लामो छैन। यसको विकासमा सरकारले केही कदम चाले पनि खास गतिमा हुन सकेको छैन। यसको विकास र व्यवस्थापनका लागि लगानीकर्ताले विभिन्न समयकालमा सरकार तथा यसका सम्बधित निकायलाई सल्लाह-सुझाव नदिएका पनि होइनन्।

कति सरकारमा बस्नेले शेयर बजारबारे बुझेनन् र बुझ्ने कोसिस पनि गरेनन्। अर्को बेला-बेला बन्ने सरकार स्वार्थपूर्ण हुने भएकाले आफूलाई फाइदा नहुने पनि देख्न सक्छन्। त्यो बेला मन्त्रीहरु कमिसन चक्करमा लाग्ने भएकाले शेयर बजारको विकासमा लागेर केही फाइदा देखेनन्। उनीहरुले नयाँ स्टक एक्सचेन्ज खोल्न भने पटक-पटक तयार भएको देखिन्छ। तर, कमिसन कुरा नमिलेपछि त्यो धेरैपटक तुहिएको पनि छ। धेरैजस्तो स्वार्थले मात्र काम गर्ने सरकार भएकाले पनि शेयर बजारको खास विकासमा गति आउन सकेन।

Esewa
Crest

अहिले समय फरक आएको छ। अबको सरकार पहिलेको कमिसनको खेलमा लाग्ने सरकारजस्तो पनि छैन। अब आउने सरकारहरु पनि केही न केही काम गर्ने सरकार आउने अवस्था बन्दैछ। अहिलेको सरकारले केही काम गरेर पनि देखाएको छ। तर, पनि गर्नुपर्ने काम धेरै छ। अहिलेका अर्थमन्त्री बुझेका व्यक्ति पनि छन्। तर, उनले शेयर बजारलाई पनि आफ्नो प्रायोरिटीमा राखेर यसका निकायलाई तत्पर्ताका साथ काम गर्न निर्देशन गर्ने र कामको परीणाम माग्ने गर्नुपर्छ।

गर्नुपर्ने केही कार्य

नीति स्थायित्व

नेपालमा सरकारको स्थायित्व हुँदैन। हरेक सस्थाको पनि त्यही हालत हुन्छ। लगानीकर्तालाई कुन मन्त्री आए राम्रो हुन्छ भनेर मन्त्रीलाई हेरेर आफ्नो लगानी तय गर्नुपर्ने अवस्था बनेको देखिन्छ। किनकि शेयर बजारसँग सम्बन्धित नीतिको कुनै स्थायित्व नै देखिँदैन। नेपाल रास्ट्र बैंकका गभर्नर हेरेर लगानी लगाउनुपर्ने, सेबोन र नेप्सेमा को हाकिम आयो, त्यो हेरेर लगानीको नीति बनाउनुपर्ने देखिन्छ। किनकि यहाँ जुन बेला पनि जस्तो पनि नीतिगत हेरफेर हुन देखिन्छ। यसले लगानीकर्तालाई बिचलित बनाउने गर्दछ। कहिले राष्ट्र बैंकले नयाँ नियम लागू गरिदिने त कहिले सेबोनले नियम फेरि दिने अवस्था छ।

अर्को कुरा कुनै एउटा संस्थाले बदमासी गर्यो भने नियम सबै कम्पनीलाई लाद्ने प्रवृत्ति देखिन्छ। संस्था बलियो छ र राम्रो मुनाफा गरेको छ भने उसले आफ्नो लगानीकर्तालाई आफ्नो क्षमताले सक्छ भने जति पनि लाभांस दिनु पाउनुपर्छ। तर, राष्ट्र बैंक आफ्नो अधिकार हो भन्दैमा जे पनि गर्न मिल्दैन। त्यो कुरा अर्थ मन्त्रालय पनि मौन बसेको देख्दा आझ अनौठो लाग्छ।

अहिले लगानीकर्ताले रोज्न सक्ने र दीर्घकालीन भनेर लगानी लाउने सक्ने कुनै पनि कम्पनी बनेको छैन। किनकि उसले राम्रो भनेर लगानी गरेको कम्पनीले नीतिगत परिवर्तन गर्दा क्षमता भएर पनि लाभांश वितरण गर्न नपाउन सक्छ। त्यसकारण सरकार वा सम्बन्धित निकायले आफ्ना नीति–नियम फेरेको फेरै गर्नुहुँदैन।

नेपालका शेयर बजारमा सप्लाई बढ्यो तर डिमान्ड घट्यो

नेपालको शेयर बजार पछिल्ला वर्षमा तीव्र रुपमा विकास हुँदै आएको देखिन्छ। नयाँ कम्पनीहरुको आइपीओ, एफपीओ, बोनस शेयर र हकप्रद शेयरमार्फत बजारमा सप्लाई लगातार बढिरहेको छ। तर, यसविपरीत बजारमा डिमान्ड पर्याप्त वृद्धि भएको छैन। यसका कारण बजारमा उतार–चढाव देखिनु र लगानीकर्ताको विश्वास कमजोर हुनु हो।

डिमान्ड बढाउने उपायहरु

विश्वास पुनर्स्थापना

  • सेबोन र सरकारले पारदर्शिता, नियमित रिपोर्टिङ र नियमको निरन्तरता सुनिश्चित गर्नुपर्छ।
  • भित्री कारोबार नियन्त्रण गर्न कडा कानुनी कारबाही आवश्यक छ।

संस्थागत लगानी बढाउने

अहिले बजार व्यक्तिगत लगानी नै बढी देखिन्छ। व्यक्तिले बढी चलखेल गर्ने हुँदा बजारमा उतार–चढाव बनाउने र नयाँ लगानीकर्तालाई फसाएर बजारमा लगानीको वतावरण नै बिगारेको अवस्था देखिन्छ। जसले गर्दा राम्रा कम्पनीभन्दा नराम्रा कम्पनी चलेको देखिन्छ। यो प्रवृत्तिले बजारको सुधारमा पनि प्रभाव पर्न सक्छ। संस्थागत लगानीकर्ता बढाउँदा उनीहरुको दीर्घकालीन लगानी हुने हुँदा यसले बजारको स्थिर डिमान्ड बढाउँछ।

नयाँ लगानीकर्ता आकर्षित गर्ने

  • शेयर लगानीकर्ताका लागि सचेतना कार्यक्रम सञ्चालन गरेर नयाँ र युवा लगानीकर्तालाई बजारमा ल्याउने।
  • गैरआवासीय नेपाली (एनआरएन) र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने नीति बनाउने।

बैंकको शेयर मार्जिन लोनको सीमा बढाउनुपर्ने

अहिले सरकारले व्यक्तिगत २५ करोड रुपैयाँको शेयर लोनको सीमा हटाए पनि शेयर बजारमा खास पैसा आउने देखिँदैन किनकि प्राथमिक पुँजीको ४० प्रतिशतले खास ठूलो रकम बजार आउन सक्दैन। अहिले ७२ लाख लगानीकर्ताले डिम्याट खोलेको र २७ लाख सक्रिय लगानीकर्ता भएको देखिन्छ। यदि ५ लाख लगानीकर्ताले औसतमा १० लाख रुपैयाँ शेयर लोन लिँदा पनि ५ खर्ब पैसा चाहिन्छ। अहिले विकास बैंक र वाणिज्य बैंकको प्राथमिक पुँजी हेर्दा साढे ६ खर्ब हुन आउँछ। यसको ४० प्रतिशतले २ खर्ब ६० अर्ब रुपैयाँ मात्र लोन दिन सक्ने देखिन्छ। अहिले बैंकलाई तरलता व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा यदि राष्ट्र बैंकले शेयर लोनमा सहजता बनाइदिने हो भने यसले बजार पनि पैसा आउने र बैंकमा फ्रिज भएको पैसा पनि चलायमान बन्ने अवस्था हुन आउँछ। तर, अहिले सबैजसो बैंकले पैसो भएर पनि लोन दिन सक्ने अवस्था छैन। किनकि राष्ट्र बैंकले दिएको सीमा सकिसकेको छ।

अहिले छिटो चलायमन बनाउन सकिने पनि शेयर बजार क्षेत्र नै छ। यहाँ सानाठूला लगानीकर्ता युवादेखि वृद्धासम्म, विद्यार्थीदेखि संस्थासम्म, गृहिणीदेखि व्यापारीसम्मको सहभागिता भएकोले यो क्षेत्र चलायमान बन्दा अन्य क्षेत्र पनि विस्तारै चलायमान हुन सक्ने अवस्था छ। यो अवस्थामा सरकारले शेयर बजारको विकासका लागि लगानीकर्ताले दिएका सुझाव तथा मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नुपर्छ र शेयर बजारलाई चलायमान बनाउनुपर्छ।

(लेखक वली लामो समयदेखि शेयर बजारमा सक्रिय छन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS