IME Life New

नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । मंसिर १० गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्यूरोड काठमाडौंमा भएको उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरे ।

Esewa
Crest

यस सेवामार्फत ग्राहकहरूले नगदरहित कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी रूपमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ । फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्रर्याकिङ्ग, ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो भुक्तानी विकल्प जस्ता प्रमुख विशेषताहरू रहेका छन् ।

यस सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवा, वित्तीय पहुँचमा थप विस्तार गर्नुका साथै ग्राहकहरूलाई आधुनिक भुक्तानी प्रणालीमा जोड्न महत्वपूर्ण योगदान पु¥याउने साथै ग्राहक अनुभव अभिवृद्धिमा समेत यस सेवाले सकारात्मक भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

नेपाल बैंक लिमिटेड प्रविधिमैत्री, सरल, सहज र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरूप नवीनतम डिजिटल बैंकिङ सेवाहरू विस्तार गर्दै अघि बढिरहेको छ । नेपालभर २३० वटा शाखा २५० वटा एटिएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जाल मार्फत २९ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा पु¥याईरहेको यस बैंकले अन्तरराष्ट्रिय स्तरको बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै बैंकिङ क्षेत्रमा आफुलाई बलियो प्रतिस्पर्धिको रुपमा परिचित गराएको छ ।

प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप बैंकका करीव १६ लाख ग्राहकहरु डिजिटल सेवा सुविधाबाट लाभान्वित भएका छन् । बैंकले समयानुकुल छिटोछरितो, गुणस्तरीय तथा गुनासो रहित ग्राहक सेवामा जोड दिई युवा तथा दक्ष जनशक्ति मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS