IME Life New

दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद शेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात एनआईसी एशिया बैंकको शेयरमूल्य २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा एनआईसी एशिया बैंकको शेयर प्रतिकित्ता ३२५ रुपैयाँ ग्लोबल आइएमई लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS