IME Life New

छिमेक लघुवित्तको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडास्थित होटौँडा सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य वित्तीय संस्था तथा लघुवित्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने कार्य गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ भने चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS