काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । बेष्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।











