IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको गाला कन्सर्ट सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा सो कन्सर्ट सम्पन्न गरेको जनाइएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

Esewa
Crest

प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरिएको थियो भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको कन्सर्टलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS