IME Life New
GBIME

एमडीआरटीको एनुअल मिटिङमा जान लागेका धर्मराज भण्डारीलाई नेसनल लाइफले गर्यो बिदाइ

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अमेरिकाको फ्लोरिडास्थित मियामी बिचमा हुन लागेको एमडीआरटीको एनुअल मिटिङमा सहभागी हुन जान लागेका आफ्ना अभिकर्ता धर्मराज भण्डारीलाई बिदाइ गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिदाइ गरेका हुन्। खत्रीले भण्डारीलाई सफल यात्राको शुभकामना पनि दिए।

Crest

मियामी बिचमा यही जुन २२ तरिख देखि जुन २५ तारिखसम्म सुरु हुने एमडीआरटीको एनुअल मिटिङ हुँदैछ। मिटिङमा भाग लिन भण्डारी जुन १३ तारिखमा नेपालबाट उड्दैछन्। उक्त मिटिङमा सहभागी हुन लागेका भण्डारी नेसनल लाइफ र नेपालका तर्फबाट एकमात्र प्रतिनिधि हुन्।

कार्यक्रममा भण्डारीले एमडीआरटीको एनुअल मिटिङमा गएर नेपालको झन्डा फरहराउन अवसर मिलेको निकै उत्साहित रहेको बताए। ‘यसले समग्र देशको शान र हामीजस्ता अभिकर्ताको हौसला बढाउँछ’, उनले भने।

भण्डारी विगत १२ वर्षदेखि लगातार एमडीआरटी बन्न सफल भएका छन्। अमेरिकाको सिकागोस्थित एमडीआरटीको मुख्यालयमा एमडीआरटीको आजीवन सदस्यमा नाम लेखाउन पनि भण्डारी सफल भएका छन्।

सन् २०१३ को एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी भएर यो यात्रा सुरु गरेका भण्डारीले हालसम्म ६ वटा महादेश र विश्वका ४८ वटा मुलुक भ्रमण गरिसकेका छन्। ‘अभिकर्ता पेसाबाट यो सबै सम्भव भएको छ’, भण्डारीले भने, ‘अभिकर्ता बनेपछि फर्केर हेर्नुपरेको छैन।’

यसपालि नेसनल लाइफका तर्फबाट भण्डारी पहिलोपटक एमडीआरटीको एनुअल मिटिङमा सहभागी हुँदैछन्। ‘यसले आगामी दिनमा नेसनल लाइफको अझ हौसला बढाएर धेरैभन्दा धेरै एमडीआरटी उत्पादन गरी आगामी वर्षदेखि धेरैभन्दा धेरैको सहभागिता हुने विश्वास छ’, भण्डारीले भने, ‘यस्ता अवसरलाई गुमाउनु हुँदैन।’

एमडीआरटी अभिकर्ताका लागि उच्च पद रहेको भण्डारीको भनाइ छ। ‘यसको सम्मान राख्नुपर्छ, यसको दुरुपयोग गर्न हुँदैन’, उनले भने, ‘एमडीआरटी, सीओटी, टीओटी सस्तो लोकप्रियता होइन। त्यसैले अभिकर्ताजस्तो सम्मानित पेसालाई मर्यादामा राख्न म सबैलाई आग्रह गर्छु।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS