IME Life New
GBIME

मेटलाइफद्वारा “सेभ द गर्ल” पहल मार्फत महिला सशक्तिकरणलाई समर्थन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले “सेभ द गल” अभियानमा साथ दिँदै महिलाको सशक्तिकरणमा योगदान पु¥याएको छ । यस कार्यक्रम अन्तर्गत उत्पादन गरिएका वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडहरूले महिलाहरूको महिनावारी स्वास्थ्य सुधारमा योगदान पु¥याउँछन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रसँगको साझेदारीमा मेटलाइफद्वारा १,००० पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याडहरू खरिद गरिएको छ । यो पहलले सीपमूलक तालिममार्फत कमजोर र संकटमा परेका समुदायका महिलाहरूलाई रोजगारीको अवसर दिइने जनाएको छ ।

Crest

महिलाहरूले सेनिटरी प्याड र विद्यालयको पोशाक सिलाइ गरेर आयआर्जन गर्न पाउँछन्, जसले उनीहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पु¥याउँछ । निर्मित प्याडहरू आरामदायी, सफा र वातावरणमैत्री छन्, जसमा आवश्यक निर्देशनसहितको किट उपलब्ध हुन्छ ।

मेटलाइफ नेपालले यी प्याडहरू नेपालका बिभिन्न ठाउँहरूमा वितरण गर्ने योजना राखेको छ । कार्यक्रमले महिलाको जीवनस्तर उत्थान गर्दै छात्राहरूलाई सुरक्षित मासिक अध्ययनरत छात्राहरूलाई वितरण गर्नेछ र किशोरीहरूमा महिनावारी स्वच्छता र सचेतनासम्बन्धी अभियान समेत सञ्चालन गर्नेछ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS