IME Life New

मेट लाइफले भोजपुर र जुम्लाका विद्यालयमा आयोजना गर्यो बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले भोजपुर नगरपालिका–७, दादागाउँस्थित विद्योदया माध्यमिक विद्यालय र चन्दननाथ, जुम्ला स्थित कनिका निशा उच्च माविमा हालसालै बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीलाई जीवन बीमाको आवश्यकता, महत्त्व र व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो ।

विद्यार्थीहरूले बीमा सम्बन्धी आधारभूत ज्ञानसहित भविष्यमा आर्थिक सुरक्षाबारे सचेत हुने अवसर पाएका थिए। अभिभावक र स्थानीय समुदायलाई समेत बीमा प्रवर्द्धनले दीर्घकालीन लाभ पुर्‍याउने विश्वास गरिएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको निर्देशनअनुसार विद्यालय स्तरमै बीमा सचेतना फैलाउनुपर्ने भएकोले यो कार्यक्रम समयसापेक्ष बनेको छ।

स्थानीय स्तरमा आयोजित यस्तो अभियानले वित्तीय ज्ञान र सुरक्षाप्रति सकारात्मक प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

यस किसिमका गतिविधिहरूले गाउँगाउँमा जीवन बीमा सम्बन्धी जागरण बढाउने र सुरक्षित भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS