काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामना क्षेत्रमा सोल्टी होटल समूहले फागुन ६ गतेदेखि रिसोर्ट सञ्चालनमा ल्याउँदैछ।
कुल १०० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो। गत वैशाखमै सञ्चालनमा ल्याउने योजना भए पनि निर्माण कार्यमा ढिलाइका कारण १० महिना ढिलोगरी होटल खुल्ने भएको हो।
स्विमिङ पुल, सभाकक्ष, ५२ कोठे यो होटलको नाम सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना राखिएको छ। रिसोर्टमा स्पा, फिटनेस क्लब, ५०० जना क्षमताको सभाकक्षलगायत सुविधा समावेश निर्माण गरिएको छ।
होटलको संरचना शैली, काठेबुट्टा, कुशनका खोल, आन्तरिक सज्जाहरुमा सोल्टी काठमाडौंको झल्को प्रतिविम्बित हुने गरी तयार पारिएको छ।












