IME Life New

जीवन बीमा चेतनाः जीवनको मूल्य र सुरक्षाको ग्यारेन्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लक्ष्मी केसी । मानव जीवन अनिश्चितताले भरिएको छ। कुनै पनि बेला कुनै अप्रत्याशित दुर्घटना, रोग वा आर्थिक संकट आउन सक्छ। यस्ता समयमा परिवारको आर्थिक सुरक्षा अत्यन्त आवश्यक हुन्छ। जीवन बीमा त्यसैका लागि एउटा अति महत्वपूर्ण उपकरण हो। जीवन बीमा भन्नाले हाम्रो र हाम्रो परिवारको भविष्यलाई आर्थिक रुपमा सुरक्षित गर्ने व्यवस्था हो। यसले अनिश्चित परिस्थितिहरुको सामना गर्न सहयोग गर्छ।

जीवन बीमा मानव जीवनसँग सम्बन्धित अत्यन्त आवश्यक सुरक्षा माध्यम हो। यसले मानिसलाई भविष्यमा आउने अनिश्चित आर्थिक जोखिमबाट जोगाउँछ। तर, नेपालमा जीवन बीमासम्बन्धी चेतना अपेक्षाकृत कम स्तरमा रहेको देखिन्छ।

Esewa
Crest

जीवन बीमा केवल एउटा वित्तीय साधनमात्र होइन यो परिवारको भविष्यको सुरक्षा, करिअरको स्थायित्व र जीवनको मूल्यको सम्मान हो। हामी प्रायः सवारीसाधनको जोखिम बहन गर्न अनिवार्य बीमा गर्छौं तर हाम्रो जीवनको मूल्यलाई किन अनदेखा गर्ने ? जीवन बीमा परिवारका लागि अनिवार्य आवश्यकता हो।

जीवन बीमाको चेतना फैलाउने काममा सबैको भूमिका महत्वपूर्ण छ। हामीले आफैँले पनि जीवन बीमाको महत्व बुझेर परिवारका लागि सुरक्षित योजना बनाउनुपर्छ। यसका साथै हामीले समाजका अरुलाई पनि बीमाका बारेमा जानकारी गराउनुपर्ने हुन्छ।

धेरै मानिसले जीवन बीमा र यसको उद्देश्य के हो भन्ने कुरा राम्रोसँग बुझेका छैनन्। धेरैलाई लाग्छ बीमा भनेको केवल मृत्युपछि पैसा पाइने योजना मात्र हो।

शिक्षित व्यक्तिमा जीवन बीमासम्बन्धी चेतना केही हदसम्म राम्रो देखिन्छ। वित्तीय साक्षरताको अभावले गर्दा धेरैले बीमा योजनाको दीर्घकालीन फाइदा बुझ्दैनन्।

नेपालमा बीमा प्राधिकरणले बीमा जनचेतना फैलाउनका लागि विभिन्न स्थानीय तहमा गएर कार्यक्रम सञ्चालन गरिरहेको छ। बीमा कम्पनीहरुले पनि प्राधिकरणको बीमा सचेतना अभियानलाई साथ दिनका लागि बीमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन्। तर, अझै प्रभावकारी रुपमा बीमा चेतना राम्रोसँग सम्प्रेषण हुन सकेको छैन।

निजी बीमा कम्पनीहरुले बीमा प्रचार–प्रसारमा जोड दिएको भए पनि त्यो पनि प्रायः व्यापारमुखीमात्रै भइरहेको जस्तो लाग्छ। ग्रामीण क्षेत्रमा अझै पनि बीमाप्रति अविश्वास र भ्रम व्याप्त छ। तर, जीवन बीमालाई सबैले बुझेर अवलम्बन गर्यो भने त्यसको फाइदा भोलि भविष्यमा हामी रहे हामीलाई र हामी नरहे हाम्रो परिवारलाई हुन्छ। त्यसकारण बीमा सबैका लागि अतिआवश्यक छ ।

जीवन बीमाका फाइदा
आर्थिक सुरक्षाः जीवन बीमाले तपाइँको मृत्युपछि तपाइँको परिवारलाई आर्थिक संकटबाट बचाउँछ। यसले तपाइँको आम्दानीको विकल्पका रुपमा काम गर्दछ र परिवारको दैनिकीलाई सहज बनाउँछ।

शिक्षा र करिअरको सुरक्षाः तपाइँको मृत्युपछि जीवन बीमाले तपाइँको सन्तानको शिक्षा र भविष्यको करिअरलाई प्रभावित हुनबाट बचाउँछ। यसले भविष्यमा आर्थिक भारबाट बचाउँछ।

बुढेसकालको सहाराः जीवन बीमाले बुढेसकालमा नियमित आम्दानीको स्रोतका रुपमा काम गर्दछ। जसले तपाइँलाई परनिर्भरता र चिन्तामुक्त बनाउँछ।

कर छुटको सुविधाः नेपालमा जीवन बीमा प्रिमियममा वार्षिक ४० हजारसम्मको कर छुटको सुविधा उपलब्ध छ। जसले तपाइँको कर भारलाई कम गर्छ।

ऋण प्राप्तिको सुविधाः बीमा पोलिसीको २ वर्ष पूरा भएपछि तपाइँले पोलिसीलाई धितो राखेर ऋण प्राप्त गर्न सक्नुहुन्छ। जसले तत्काल आर्थिक आवश्यकता पूरा गर्न मद्दत पुर्याउँछ।

जीवन बीमा एउटा आर्थिक सुरक्षा कवच हो। जसले भविष्यमा आउने कठिनाइबाट जोगाउन मद्दत गर्छ। यसको चेतना अभिवृद्धि गर्न शिक्षा, प्रचार–प्रसार र सम्भावित प्रयास आवश्यक छ। यसले मात्र हाम्रो समाज आर्थिक रुपमा सबल र सुरक्षित बन्न सक्छ।

(लेखक केसी एलआईसी नेपालको भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेजरको भूमिकामा छिन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS