काठमाडौं । पछिल्लो समय नेपालमा न्वारन, अन्नप्राशन, जन्मदिन, व्रतबन्ध, विवाह तथा वर्षगाँठजस्ता पारिवारिक तथा सामाजिक अवसरहरूमा अनावश्यक खर्च र देखावटी उपहारभन्दा दीर्घकालीन लाभ दिने योजनातर्फ आकर्षण बढ्दै गएको देखिन्छ।
यसैबीच बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नं ५ निवासी शोभाखर लामिछानेले आफ्नो छोराको विवाहको अवसरमा १० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन्। एशियन लाइफ इन्स्योरेन्स बाँसगढी कार्यालयमार्फत दम्पती सुरक्षा प्लस जीवन बीमा” योजना उपहार स्वरूप प्रदान गरेका हुन् ।
हाल लामिछाने परिवार बाँसगढी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । बीमा गर्दा भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै आकस्मिक जोखिमबाट आर्थिक सुरक्षा पनि प्राप्त हुने हुँदा उक्त पोलिसी उपहार स्वरुप दिएको बताए ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि भविष्य सुरक्षित गर्ने उद्देश्यले विभिन्न बीमा योजना सञ्चालन गर्दै आएको जनाएको छ। बाँसगढी कार्यालय प्रमुख धन बहादुर भण्डारीका अनुसार यस्ता योजनाले बचत र सुरक्षा दुवै सुनिश्चित गर्ने भएकाले समाजमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ।












