IME Life New

विवाहको अवसरमा आइएमई लाइफको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गैडाकोट उप–शाखाकी अभिकर्ता कसिष भण्डारीले आफ्नो शुभ विवाहको अवसरमा बीमा पोलिसी उपहार पाएकी छन् । उनले आफ्नो कम्पनी आइएमई लाइफ परिवारबाट बैशाख २२ गते भएको विवाहको अवसरमा बीमा पोलिसी उपहार पाएकी हुन् ।

गैडाकोट शाखाकै २०२६ को एमडीआरटी उपाधि प्राप्त गरेकी लक्ष्मी पाण्डे तथा तेज नारायण पाण्डेका सुपुत्र सम्भव पाण्डेसँग उनको विवाह सम्पन्न भएको हो । सो शुभ अवसरमा आइएमई लाइफ परिवारका साथीहरूबाट पाँच लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरिएको जनाइएको छ ।

Esewa
Crest

नगद र जिन्सी सामान उपहार दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने भएकाले सो उपहार दिएको आइएमई लाइफ परिवारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS