IME Life New

कर्ण बहादुरले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी टोखा उप–शाखाको अभिकर्ता कर्ण बहादुर बुढाथोकीले आफ्नो छोराको पहिलो जन्मउत्सवको अवसर पारेर नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य – ५६ जीवन बीमा उपहार दिएका छन् । माघ ३ गते परेको जन्मदिनको अवसरमा तार्केश्वर नगरपालीका ०९, इन्द्रेणी पुल निवासी कर्ण बहादुर बुढाथोकीले, आफ्नो टिम लीडर तथा टोखा उपशाखाको बरिष्ठ एजेन्सी म्यानेजर रामचन्द्र चिलुवालले आयोजना गरेको एक विशेष समारोहमा, आफ्नो छोरा सहर्ष बुढाथोकीको १५ बर्षे रु २० लाख बीमाङ्कको जीवन बीमा करार उप–शाखा प्रमुख सौरभ ढकालको हातबाट ग्रहण गरेका हुन् ।

सो कार्यक्रममा टोखा–उपशाखाका कर्मचारी कपिल देव भट्ट , पुष्पा शर्मा साथै टोखा उपशाखाको अभिकर्ता समितीका पदाधीकारीहरु क्रमशः अध्यक्ष विनय तामाङ्ग , उपाधक्ष्य सिता आचार्य ,र सल्लाहकार रिता बस्नेत आदीको पनी उपस्थिती रहेको थियो ।

Esewa
Crest

बीमालेख हस्तान्तरण गर्ने क्रममा उपशाखा प्रमुख सौरभ ढकालले केटाकेटी सुनौलो भविष्य ५६ जीवन बीमा आजको दिनमा केटाकेटीहरुको उज्वल भविष्यको भरपर्दो संरक्षक सावीत भएको र बुवा आमा पछी बास्तवमा कसैले बच्चलाई भरपर्दो सुरक्षा दिन्छ भने त्यो बच्चाको जीवन बीमा करारले नै दिन्छ , भनी बच्चाको बीमाको महत्वमा प्रकाश पार्दै बीमित सहर्ष बुढाथोकीलाई उज्वल भविष्यको शुभकामना समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS