IME Life New

जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन फेरिएको छ । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच आफ्नो नातिनी नायुमाको शुभ जन्मदिनको अवसरमा बुढानिलकण्ठ वडा नं ७ हात्तीगौडा बस्ने हजुरबुबा हजुरआमा गोकर्ण राई र मञ्जु राईले नातिनीलाई जन्मदिनको अवसर पारेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हात्तीगौडा बाट नातिनीको सुनौलौ भविष्यको कामना सहित बीमा पोलिसी उपहार दिए । हजुरबुबा हजुरआमाले आफ्नो पेन्सनको रकमबाट बीमा गराइदिएका हुन् ।

Esewa
Crest

उक्त बीमालेख हात्तीगौडा शाखाका शाखा प्रबन्धक विष्नु काप्रीले, अन्य पारिवारिक सदस्यको उपस्थीतीमा हस्तान्तरण गरे ।

जन्मदिनमा अन्य उपहार भन्दा बीमा पोलिसी उपहार उपयुक्त लागेर सुरक्षा साथै उज्वल भविष्यको लागी रिलायबल लाइफको बीमा पोलिसी उपहार दिएको हजुरबुबा गोकर्ण राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS