IME Life New

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आईएमई लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा श्रावण ३१ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

“रगत दान – मानवताको सम्मान” भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय अगाडि, लैनचौर स्थित “लैनचौर युथ क्लब”को चौरमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यस अभियानको उद्देश्य रक्तसञ्चार सेवा तथा उपचारका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्नुका साथै सामाजिक उत्तरदायित्वको निर्वाह गर्नु रहेको कम्पनीको भनाइ छ। साथै, वर्षायाममा हुने सम्भावित दुर्घटना तथा आकस्मिक अवस्थाको पूर्वतयारीका दृष्टिले पनि यो रक्तदान कार्यक्रम महत्वपूर्ण हुने कम्पनीले उल्लेख गरेको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले भाद्र महिनाभर विभिन्न कार्यक्रमहरू आयोजना गर्ने योजना बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS