IME Life New

बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरिएको १४ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरिएको छ।

कम्पनीको गत वर्ष फागुन ११ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले उक्त बोनस शेयर पारित गरेको थियो। उक्त बोनस शेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ।

Esewa
Crest

उक्त साधारणसभाबाट पारित भएबमोजिम २०८१ माघ २४ गतेसम्म कायम शेयरधनीले उक्त बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले नै तिर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ। साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएको समिति २०८० वैशाख २६ गतेअघि कायम शेयरधनीहरुले भने बोनस शेयरमा कर तिर्नु नपर्ने र सो मितिभन्दा पछि शेयर खरिद गरेका शेयरधनीको हकमा करबापत रकम जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

बोनस शेयरमा लाग्ने करबापतको रकम काठमाडौंको कमलादीस्थित शाइन रेसुंगा डेभलपमेन्टमा हिमालयन लाइफ इन्स्योरेन्सको नाममा रहेको बैंक खाता नम्बर ०८७००१००६१०९०९०००००मा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। रकम जम्माको भौचर वा कनेक्ट आईपीएसबाट जम्मा गरी कम्पनीको ई–मेल [email protected] मा पठाउन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS