IME Life New

लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो असार १० गते एजीएम, के-के छन् अन्य एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा असार १० गते गर्ने भएको छ । सो सभा आम्रपाली बैक्वटभाटभटेनी नक्सालमा विहान १०ः३० बजे गर्ने भएको हो । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरणा गर्ने प्रस्ताव गरेको छ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०र८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ । सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने (हालको लेखापरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०र८१ मा भएको खर्चको अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS