IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ ६ मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारणसभा आउँदो माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS