IME Life New

कर्मचारीको मेहनतले चम्कियो ग्लोबल आइएमई बैंकः प्रतिकर्मचारी र प्रतिशाखा सञ्चालन नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो ५ वर्षमा ग्लोबल आइएमई बैंकको काम गर्ने क्षमता र नाफा कमाउने दर निकै राम्रो देखिएको छ।

बैंकको वित्तीय विवरणअनुसार एकजना कर्मचारीले बैंकलाई कमाइदिने नाफा र एउटा शाखाले गर्ने नाफा दुवै लगातार बढ्दै गएका छन्। कर्मचारीको मेहनत र बैंकको राम्रो व्यवस्थापनका कारण यो प्रगति सम्भव भएको देखिन्छ।

Esewa
Crest

आर्थिक वर्ष २०७८।७९ मा प्रतिकर्मचारी सञ्चालन नाफा २५ लाख ३० हजार रुपैयाँमात्र थियो। त्यसपछिका वर्षहरुमा बढ्दै गएर आर्थिक वर्ष २०७९।८० मा ३४ लाख ५० हजार रुपैयाँ, २०८०।८१ मा ३२ लाख ९० हजार रुपैयाँ र २०८१।८२ मा ३४ लाख ७० हजार रुपैयाँ पुग्यो। आर्थिक वर्ष २०८२।८३ मा बढेर ३५ लाख ३० हजार रुपैयाँ पुगेको छ।

त्यस्तै बैंकका शाखाहरुले गर्ने नाफामा पनि ठूलो उछाल आएको छ। आर्थिक वर्ष २०७८।७९ मा एउटा शाखाले वर्षभरिमा औसत २ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गथ्र्यो। तर, पछिल्ला वर्षहरुमा यो निकै सुधारिँदै गयो। आर्थिक वर्ष २०७९।८० मा ३ करोड ५४ लाख रुपैयाँ, २०८०।८१ मा ३ करोड ५२ लाख रुपैयाँ र २०८१।८२ मा ३ करोड ७५ लाख रुपैयाँ पुग्यो। गत आर्थिक वर्ष २०८२।८३ मा आइपुग्दा प्रतिशाखा नाफा बढेर झन्डै ४ करोड अर्थात् ३ करोड ९७ लाख ७० हजार रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS