काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच पुर्बखोला गाउँपालिका वडा नम्बर १ पाल्पा निवासी भक्त बहादुर नेपालीले आफ्नो छोरा बिमल नेपालीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।
नेपालीले छोरा बिमल नेपालीको १८ औ जन्मदिनको उपलक्ष्यमा २०लाख बीमाङकको सिटिजन शुभारम्भ बिमा पोलिसि उपहार दिएका हुन् । उनले छोरालाई सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बिमा खरिद गरेका हुन् ।
नेपालीले भने जिन्सी सामान उपहार , पार्टी भोज , फजुल खर्चहरु विकृति र विसंगति मात्र हुन्, वस्तु तथा समान दिदा एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भविश्य निर्माण, जोखिम न्यूनिकरण एक मात्र औजार हो। , बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले छोरालाई बीमा पोलिसी उपहार दिएको बताए ।