काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्न लागेका हुन्। छलफल बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरुमाथि केन्द्रित हुनेछ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरुको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे वाणिज्य बैंकका सीईओसँग जानकारी लिन अर्थमन्त्री वाग्लेले छलफलका लागि डाकेका हुन्।












