IME Life New

अहिंसापूर्ण आन्दोलन सामू झुक्यो भारत सरकार, शिक्षामन्त्री प्रधानले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आमरण अनशन बसेका सामाजिक अभियत्ना सोनाम वाङचुङको दबाब र यूवाहरूको प्रदर्शनका कारण अन्ततः शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन बाध्य भएका छन् ।

मन्त्री प्रधानले बुधबार राती विज्ञप्ती जारी गर्दै असहज परिस्थितिलाइ मध्यनजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

Esewa
Crest

शिक्षा मन्त्री प्रधानले देशका विद्यार्थी तथा युवाहरूका समस्या र चिन्तालाई सम्बोधन गर्न नसकेको स्वीकार गर्दै पद त्याग गरेको जनाएका छन्। पत्रमा उनले पटक पटक भएका प्रश्नपत्र आउटका घटनाहरूले देशको परीक्षा प्रणालीमाथिको विश्वास गुमेको र विद्यार्थीहरूमाझ निराशा बढेको उल्लेख गरेका छन्। साथै, विद्यार्थी आत्महत्याका घटनाहरूले घटनाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना गरेको उनले बताएका छन्।

मन्त्री प्रधानले यी असफलताहरू सरकारको नेतृत्वकै कमजोरीको प्रतिविम्ब भएको ठहर गर्दै प्रधानमन्त्रीले पनि यस परिस्थितिको जिम्मेवारी लिनुपर्ने विचार व्यक्त गरेका छन्।

यसैबीच गुडगाँवको निजी अस्पतालमा भर्ना भएका अभियन्ता सोनाम वाङचुकले भिडियो सन्देश जारी गर्दै शैक्षिक क्षेत्रको विकृती विरूद्ध यूवाहरूको आन्दोलनको सह्राहना गरे । उनले शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्वक दमन गरेकोमा चिन्ता व्यक्त गरेका छन्।

२५ दिनदेखि आमरण अनशन जारी राखेका वाङचुकले विद्यार्थीविरूद्ध कुनै पनि किसिमको दबाब, दमन वा कुनै पनि प्रकारको कानूनी सजाय नहुने आश्वासन नमिलेसम्म अनशन जारी राख्ने चेतावनी दिएका छन् । उनलाई अनशन तोड्नका लागि ६५ सांसद तथा मन्त्री समेतले अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS