IME Life New

डा. पुनद्वारा हिमालयन लाइफ बिराटनगर शाखामा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स बिराटनगर शाखाले आफ्ना कर्मचारी तथा अभिकर्ता महानुभावहरूको लागि आज बैशाख १४ गते उत्प्रेरणा तथा नेतृत्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख वक्ताका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा प्रसिद्ध समाजसेवी डा. महावीर पुनको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

उक्त अवसरमा कोशी प्रदेशका प्रदेश प्रमुख रामबहादुर शाही, उप प्रदेश प्रमुख सुरेन्द्रकुमार कर्ण, युवा समाजसेवी पारुल क्षेत्री, एमडीआरटी एजेन्सीका प्रतिनिधि लगायत दर्जनौं अभिकर्ता महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Esewa
Crest

कार्यक्रमपछि उपस्थित कर्मचारी र अभिकर्ता महानुभावहरूले डा। पुनको प्रेरणादायी जीवनयात्राबाट अभिप्रेरित भई करिब रु ५१,००० बराबरका पुस्तकहरू खरिद गरेका थिए। खरिद गरिएको पुस्तकहरूको आम्दानी डा। पुनद्वारा स्थापित आविष्कार केन्द्रको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यो पहललाई सबैले अत्यन्त सकारात्मक रूपमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख सन्तोष आचार्यले हिमालयन लाइफ इन्स्योरेन्स न्यूनतम लगानीमा अधिकतम सुरक्षा प्रदान गर्ने नेपालको अग्रणी बीमा कम्पनीका रूपमा परिचित भइसकेको उल्लेख गरे ।

साथै, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा निरन्तर योगदान पुर्याउँदै आएको र आगामी दिनहरूमा पनि यस्तो तत्परताका साथ समाज सेवामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

डा.महावीर पुनको अभियानले अझ बढी सार्थकता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन प्रदेश प्रमुख राम बहादुर शाहिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS