IME Life New

डोनाल्ड ट्रम्पको तीखो प्रतिक्रिया: ‘सगरमाथा आरोहीलाई विष दिएर बीमाको २ करोड डलर झ्वाम’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सगरमाथा आरोहीसँग सम्बन्धित नक्कली उद्धारका घटना र बीमाको घोटालामा तीखो प्रक्रिया दिएका छन्।

आफ्नो अफिसियल फेसबुक पेजमा आज राष्ट्रपति ट्रम्पले आफ्नो प्रक्रिया सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘नेपाली प्रहरीले भर्खरै एउटा प्रमुख संगठित अपराध गिरोहको भागका रुपमा ट्रेकिङ एजेन्सी मालिक, हेलिकप्टर अपरेटर र अस्पतालका कर्मचारीसहित ३२ जनालाई मुद्दा चलाएको छ।’

Esewa
Crest

ट्रम्पका अनुसार यी तथाकथित गाइड (पथप्रदर्शक)लाई पर्यटकको खानामा बेकिङ सोडा मिसाएर गम्भीर पेट दुखाइ गराउने र जीवन धम्कीपूर्ण उचाइ रोगको नक्कल गर्ने आरोप लगाइएको छ। ‘त्यसपछि तिनीहरुले पीडितहरुलाई महँगो हेलिकप्टर उद्धारमा प्रलोभन दिने’, उनले लेखेका छन्, ‘चिकित्सा र उडान रेकर्डहरु नक्कली बनाउने र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुबाट १ करोड ९६ लाख ९० हजार डलरको ठगी गरे।’

पर्वतारोहीहरुले जीवनभरको साहसिक कार्यका लागि हजारौँ डलर खर्च गर्ने गरेको ट्रम्पको भनाइ छ। ‘केवल ती मानिसबाट धोका पाउँछन्, जसलाई उनीहरुले आफ्नो सुरक्षाका लागि विश्वास गर्छन्’, उनले भने, ‘यो सबैभन्दा खराब लोभ हो। संसारको सबैभन्दा ठूलो चुनौतीहरुमध्ये एकको पछि लाग्ने सपना देख्नेहरुलाई सिकार बनाउँछ।’

सुरक्षा समस्याहरुका कारणले गर्दा नेपालको हिमालय पर्यटन पहिले नै अस्थिर भूमिमा रहेको ट्रम्पले बताएका छन्। ‘अब यो ठगीले इमानदार अपरेटरहरुका लागि यसलाई अझ गाह्रो बनाउँछ र मानव धैर्यताको प्रतीकलाई तेस्रो विश्वको अर्को नाटकमा परिणत गर्दछ’, उनले लेखेका छन्, ‘हेली माफिया फेरि हमला गर्छन् र विश्वभरका करदाता तथा बीमा कम्पनीहरुले बिल तिर्छन्। जब कि वास्तविक साहसीहरुले स्वास्थ्य र विश्वासमा मूल्य तिर्छन्।’

‘यो घर सफा गर्ने वा आफ्नै भ्रष्टाचारका कारण सम्पूर्ण उद्योग पतन भएको हेर्ने समय हो ?’, ट्रम्पले नेपालका नियामकहरुप्रति प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS