IME Life New

दिपेशले आफ्नो जन्मदिनको अवसरमा खरिद गरे ५० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय वैवाहिक वर्षगाँठ, विवाह, जन्मदिन विशेष अवसरहरूलाई अर्थपूर्ण बनाउन बीमालेख उपहार दिने तथा पोलिसी खरिद गर्ने प्रचलन तीव्र रूपमा बढ्दै गएको छ। यो प्रवृत्ति नेपालका लागि बीमा सचेतना र आर्थिक योजना दुवै दृष्टिले प्रशंसनीय मानिन्छ।

यही सकारात्मक धारणालाई बल पुर्‍याउँदै भद्रपुर नगरपालिका–२ निवासी तथा लामो समयदेखि मेडिकल व्यवसायमा संलग्न दिपेश डंगोलले आफ्नो जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रगढी शाखाबाट ५० लाख रुपैयाँको बीमालेख खरिद गरेका छन्।

Esewa
Crest

उक्त बीमालेख कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर ईश्वरी बरालको माध्यमबाट खरिद गरिएको हो। डंगोलले जन्मदिनमा फजुल खर्च नगरी बीमा मार्फत बचत र भविष्य सुरक्षित गर्ने संस्कृतिको थालनी गरेको बताएका छन्।

उनका अनुसार, “जन्मदिनमा क्षणिक खर्चभन्दा भविष्यका लागि सुनिश्चितता र आर्थिक सुरक्षामा लगानी गर्नु नै सही उत्सव हो।”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरूका अनुसार पछिल्लो समय व्यक्तिगत सचेतना र दीर्घकालीन आर्थिक योजनामा जोड दिने नागरिकहरू बीच यस्ता सकारात्मक पहलहरू बढिरहेका छन्, जसले बीमा क्षेत्रमा नयाँ ऊर्जा र विश्वास थपेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS