IME Life New

सिटिजन लाइफको आठौं वार्षिकोत्सवः देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ।

स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ।

Esewa
Crest

वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष आफ्ना सबै शाखा कार्यालयहरूमा “विविधता र समावेशीकरण दिवस” मनाएको छ, जसअन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन्। यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ पारेको छ।

यसका साथै, समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना ¥याली तथा घर(घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गर्दै समाज र वातावरण दुवैप्रति आफ्नो दायित्व सुदृढ पारेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, “हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो। हामीले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ।”

कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसका साथै कम्पनीको हालसम्मको प्रगतिमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, शेयरधनी महानुभावहरू, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी, व्यवसायिक साझेदारहरू, कर्मचारी लगायत सबै शुभचिन्तकहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता प्रकट गरेको छ।

आगामी दिनहरूमा कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहँदै प्रचलित कानुन, नीति, नियम तथा नियमनकारी निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्दै, सञ्चालक समितिको मार्गदर्शनअनुसार संस्थागत सुशासन कायम राखी निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन टोली कटिबद्ध रहेको जानकारी गराएको छ।

यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS