IME Life New

आइएमई लाइफ अन्तर्गत ब्लाक डाइमन्ड ग्रुपद्वारा कोशी प्रदेशस्तरीय एजेन्सी म्यानेजर अवार्ड नाइट सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डाइमण्ड ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर र एमडीआरटीलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम साउन २४ र २५ गते कन्यामस्थित शेर्पा होटलमा भव्य रूपमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ पवन कुमार खड्का रहेका थिए । उनले कम्पनीको भविष्य रणनीति र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै सहभागीहरूलाई आगामी दिनको मार्गदर्शन प्रदान गरे ।

Esewa
Crest

विशिष्ट अतिथिका रूपमा तालिम विभाग सुनिल कुमार आचार्य र कोशी प्रदेश प्रमुख मिलन दाहालद्वारा सहभागीलाई प्रेरणादायी सन्देश प्रदान गर्दै एजेन्सी र बीमाको सम्बन्ध, जीवन बीमाको महत्त्व तथा बीमा अभिकर्ताको उज्यालो भविष्य बारे गहन रूपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आइएमई लाइफका एमडीआरटी तथा ब्ल्याक डाइमण्ड ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी म्यानेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रम सञ्चालन सिनियर एजेन्सी म्यानेजर राम प्रसाद राईले गरेका थिए भने स्वागत मन्तव्य एजेन्सी मेनेजर हेमलाल आचार्यले गरेका थिए । साथै एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर कमल बहादुर गुरूङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

आइमई लाइफको पहिलो डबल एमडीआरटी मिना गुरुङ, चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरू, शाखा प्रमुखहरू तथा शीर्ष टिमको उपस्थिति रहेको उक्त कार्यक्रममा ८५ जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।

दुईदिनको कार्यक्रमबाट सिकेका कुराहरूको बारेमा सहभागीहरूबाट पनि समीक्षा गरिएको थियो ।

कार्यक्रमले सहभागीहरूमा उत्साह, प्रेरणा र भविष्यप्रतिको विश्वास थप बलियो बनाएको हौसला प्रदान गर्दै बीमाको महत्त्व बुझाउनु पर्ने कुरामा जोड दिंदै अध्यक्ष नगेन्द्र कुमार श्रेष्ठद्वारा कार्यक्रम समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS