IME Life New

जनप्रकाश बहुमुखी क्याम्पसमा एशियन लाइफको बीमा सचेतना सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीका लागि बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आज शुक्रवार सो कार्यक्रम आयोजना गरेको हो ।

कम्पनीका प्रबन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले बीमाको महत्व राम्ररी बुझाउन सकेमा बीमाको दायरा विस्तार हुने र यस्ता कार्यक्रमले बीमा आम जनमानसमा सन्देश पुर्याउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमकलाई आमा समुह, विद्यालय, कलेज, पालिका पालिकाहरुमा कार्यक्रम संचालनका लागि निर्देशन दिए बमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो् ।

कार्यक्रममा कम्पनीका प्रवन्धक वद्रीनाथ पौडेलले बीमाको ईतिहास, परिचय, आवश्यकता, महत्व र समसामयकि विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिव १०० जनाको विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संचालन कम्पनीका सिनियर एजेन्सी मेनेजर सुजन न्यौपानेले गरेका थिए ।्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS