IME Life New

साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै एसियन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद शेयर बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत यही भदौ २२ गतेबाट बिक्री खुला गर्न लागेको हो।

Esewa
Crest

बिक्रीमा राखिने कुल कित्तामध्ये सर्वसाधारण समूहको ३ लाख २८ हजार ४७३.९१ कित्ता र संस्थापक समूहको ३० हजार ३८.५७ कित्ता रहेको छ। यो शेयरमा इच्छुक व्यक्ति, संस्था तथा कम्पनीले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

संस्थापक समूहको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको शेयर खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यो शेयरमा भदौ २९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS