IME Life New

एसियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५०% सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखअन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु असोज १ गतेदेखि कात्तिक २५ गतेभित्र पुनर्जागरण बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। जसअनुसार ५ वर्षदेखि माथिको व्यतित बीमालेख पुनर्जागरण गर्दा कम्पनीले ब्याजमा ५० प्रतिशत छुट दिनेछ।

Esewa
Crest

त्यस्तै २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको व्यतित बीमालेख पुनर्जागरणा गर्दा बीमितले ब्याजमा २५ प्रतिशत छुट पाउनेछन्।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS