काठमाडौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको ३.५९ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपछि प्रतिकित्ता शेयर मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ ।
बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो । यही समायोजन भएको मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।