IME Life New

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Esewa
Crest

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘आइआरएन ए माइनस (इस्युअर रेटिङ)’ बाट ‘आइआरएन ए (इस्युअर रेटिङ)’ रेटिङ मा स्तरोन्नति गरेको छ । यस्तो रेटिङ प्राप्त कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा पर्याप्त प्रत्याभूति गरेको हुन्छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

कुल ६ अर्ब रूपैयाँ अधिकृत पूँजी रहेको यो कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको छ।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट ५ प्रतिशत बोनश शेयर र नगद लाभांश सहित ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको अब हुने साधारण सभाबाट लाभांश वितरणको प्रस्ताव अनुमोदन पछि शेयरधनीले बोनश शेयर प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS